ककरोच जनता पार्टीद्वारा प्रदर्शनको घोषणा, भेला नहुन प्रहरीको निर्देशन

हिमाल प्रेस ८ जेठ २०८३ २१:०२ | Friday, May 22, 2026
36
SHARES
ककरोच जनता पार्टीद्वारा प्रदर्शनको घोषणा, भेला नहुन प्रहरीको निर्देशन

काठमाडौँ- भारतको बेंगलुरू प्रहरीले सर्वसाधारणलाई आगामी आइतबार टाउन हल परिसरमा भेला नहुन अपिल गरेको छ।

सामाजिक सञ्जालमा ‘ककरोच जनता पार्टी, कर्नाटक’ नामक समूहले पोस्ट गर्दै टाउन हलमा कार्यक्रम आयोजना गर्न लागेको खबर सार्वजनिक भएपछि प्रहरीले यस्तो कदम चालेको हो।

सामाजिक सञ्जालको पोस्टमा टाउन हल अगाडि ‘शान्तिपूर्ण मानव साङ्लो’ बनाउने आह्वान गरिएको प्रहरीले जनाएको छ। तर, यो कार्यक्रमका लागि प्रहरी प्रशासन र ‘ग्रेटर बेंगलुरू’ अथोरिटीसँग अनुमति माग नगरिएको प्रहरीको भनाइ छ।

प्रहरीले कर्नाटक उच्च अदालतको पुरानो आदेश स्मरण गराउँदै बेंगलुरू सहरभित्र जथाभावी प्रर्शन वा विरोध कार्यक्रम गर्न निषेध गरिएको प्रस्ट पारेको छ। अदालतको निर्देशनअनुसार सहरमा हुने जुनसुकै विरोधसभा वा कार्यक्रमका लागि ‘फ्रिडम पार्क’ क्षेत्र तोकिएको छ।

प्रहरीले सर्वसाधारणलाई सामाजिक सञ्जालमा यस कार्यक्रमसँग सम्बन्धित भ्रामक र अनधिकृत सन्देशहरू नफैलाउन सचेत गराएको छ। आदेश उल्लंघन गर्नेमाथि कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।

प्रकाशित: ८ जेठ २०८३ २१:०२ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast