एमाले बैठक : निर्वाचनको समीक्षा

हिमाल प्रेस ८ जेठ २०८३ १८:५७ | Friday, May 22, 2026
16
SHARES
एमाले बैठक : निर्वाचनको समीक्षा

काठमाडौँ- नेकपा एमाले सचिवालय बैठकमा निर्वाचनको समीक्षा र पार्टीको आन्तरिक विषयमा छलफल भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा पाँच जना उपाध्यक्षहरूले धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

सचिवालयका अन्य १२ जनाले शनिबार धारणा राख्ने उनले बताए। शुक्रबारको बैठकमा कार्यविभाजनको विषयमा प्रवेश नभए पनि केही विषयमा संशोधन हुनसक्ने उनले जानकारी दिए।

सचिवालयको बैठक शनिबार साढे ११ बजे पुनः बस्ने भट्टले बताए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ५ गतेको बैठकमा कार्यविभाजन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई छलफलपछि परिमार्जनका साथ अघि बढाउने एमालेको तयारी छ।

प्रकाशित: ८ जेठ २०८३ १८:५७ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast