‘कक्रोच जनता पार्टी’ को फलओर्सको संख्या १ करोड ३५ लाख नाघ्यो

हिमाल प्रेस ७ जेठ २०८३ १४:५८ | Thursday, May 21, 2026
18
SHARES
‘कक्रोच जनता पार्टी’ को फलओर्सको संख्या १ करोड ३५ लाख नाघ्यो

काठमाडौँ- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र कक्रोचबारे गरेको टिप्पणीपछि सामाजिक सञ्जालमा चलेको ‘कक्रोच जनता पार्टी’ अभियान चर्चामा आएको छ।

कक्रोच जनता पार्टीको इन्स्टाग्राम ह्यान्डलमा अचानक फलोअर्सको बाढी आएको छ।

चार दिनभि कक्रोच पार्टीको इन्स्टा ह्यान्डलमा फलोअर्सको संख्या १ करोड ३५ लाख पुगिसकेको छ। यो सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को भन्दा बढी फलओर्स संख्या हो।

इन्टरनेटमा यसको नाममा वेबसाइट बनसिकेको छ। ट्टिवटरमा पनि यसका धेरै फलोर्स भएका छन्। फलओर्स बढ्दै गएपछि कक्रोच जनता पार्टीको ट्विटर एकाउन्ट सस्पेन्ड भएको बताइएको छ।

दुई लाखभन्दा बढी मानिसले वेबसाइटमा यसको सदस्यताका लागि आफूलाई दर्ता गराइसकेका छन्।

प्रधानन्यायाधीशले भारतका युवालाई कक्रोचसँग तुलना गरेपपछि अभिजित दिपके नाम गरेका व्यक्तिले आक्रोश व्यक्त गर्दै ‘कक्रोच जनता पार्टी’ भन्ने डिजिटल प्लेटफर्म स्थापना गरेका थिए।

यो प्लेटफर्म स्थापना गरेका अभिजित विगतमा आम जनता पार्टीमा आवद्ध रहेका थिए।

‘म ट्विटरमा प्रधानन्यायाधीशको टिप्पणी हेरिरहेको थिएँ। उहाँले प्रणालीको आलोचना गर्ने र मत राख्नका लागि देशका युवाहरूलाई कक्रोच र परिजीवीसँग तुलना गरिरहेका थिए, त्यसपछि कक्रोच जनता पार्टी बनाउनतिर लाग्यौँ,’ अभिजितिले भनेका छन्।

प्रकाशित: ७ जेठ २०८३ १४:५८ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast