दिनेश सिटौलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता विशेष सम्मान’ प्रदान गरिने

हिमाल प्रेस ५ जेठ २०८३ १३:१६ | Tuesday, May 19, 2026
12
SHARES
दिनेश सिटौलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता विशेष सम्मान’ प्रदान गरिने

काठमाडौँ- स्वर्गीय पत्रकार दिनेश सिटौलालाई  ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ गरिने भएको छ। चलचित्र पत्रकार संघ नेपालले पूर्वअध्यक्ष सिटौलालाई ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ बाट सम्मान गर्ने भएको हो। जुन उक्त पुरस्कार नगद  ५१ हजारको छ। यस वर्षको सोही पुरस्कार चलचित्र पत्रकार सुरक्षा भट्टराईलाई प्रदान गरिने संघका महासचिव गोपीकृष्ण चापागाईँले जानकारी दिए।

चलचित्र पत्रकार संघ नेपालले यस वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई प्रदान गर्ने भएको छ। उक्त सम्मानसँगै नगद ५५ हजार ५५५ समेत प्रदान गरिनेछ। ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट जयन सुब्बा मानन्धर र कुवेर गिरीलाई सम्मानित गरिने संघले जनाएको छ।

‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ वैकुण्ठराज पराजुलीलाई प्रदान गरिनेछ। यो पुरस्कारमा पनि नगद ५१ हजार प्रदान गरिनेछ । साथै, नगद २५ हजारसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मिलन ढुंगानालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रकाशित: ५ जेठ २०८३ १३:१६ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast