कङ्गो र युगान्डामा इबोला प्रकोप : ८८ जनाको मृत्यु

हिमाल प्रेस ४ जेठ २०८३ १७:४९ | Monday, May 18, 2026
10
SHARES
कङ्गो र युगान्डामा इबोला प्रकोप : ८८ जनाको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक कङ्गो र छिमेकी राष्ट्र युगान्डामा इबोला भाइरसको प्रकोपा तीव्र रुपमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ।

दुर्लभ तर घातक भनिएको यस भाइरसका कारण हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने तीन सयभन्दा बढी व्यक्तिमा संक्रमणको शंका गरिएको छ।

डब्ल्यूएचओका अनुसार यो प्रकोप तत्कालका लागि कोरोना भाइरसजस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगे पनि अन्तर्राष्ट्रिय स्तरमा फैलिने जोखिम उच्च छ। यद्यपि डब्ल्यूएचओले प्रभावित देशहरूलाई अन्तर्राष्ट्रिय सीमाना भने बन्द नगर्न आग्रह गरेको छ।

प्रकोपको मुख्य केन्द्र पूर्वी इतुरी प्रान्त मानिए पनि संक्रमण कङ्गोको अन्य प्रमुख सहरहरूमा समेत विस्तार भएको छ। इतुरीबाट करिब एक हजार किलोमिटर टाढा रहेको कङ्गोको राजधानी किन्शासामा प्रयोगशाला परीक्षणबाट इबोला संक्रमणको पुष्टि भएको छ। संक्रमित व्यक्ति इतुरीबाटै यात्रा गरेर राजधानी पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

गोमा सहर र आसपासका क्षेत्रहरू सन् २०२५ देखि नै विद्रोही समूहहरूको तीव्र आक्रमणको चपेटामा रहँदै आएका छन्। कङ्गो सरकार र रुवान्डा समर्थित ‘एम–२३’ विद्रोही समूहबीचका सशस्त्र द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन्। यस मानवीय संकट र विस्थापनका कारण रोग नियन्त्रण तथा उपचारमा थप चुनौती थपिएको छ।

इबोला एक अत्यन्तै संक्रामक र घातक रोग हो। यो भाइरस संक्रमित व्यक्तिको रगत, बान्ता, वीर्य तथा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कमार्फत तीव्र गतिमा सर्ने गर्दछ। चिकित्सकहरूका अनुसार यो रोग लाग्ने सम्भावना दुर्लभ भए पनि लागेपछि यो प्रायः ज्यानमारे हुने गर्दछ।

डब्ल्यूएचओको यो अपातकाल घोषणासँगै अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाब सिर्जना भएको छ।

अफ्रिकास्थित डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार ३५ जना विशेषज्ञ चिकित्कसहरूको टोली सात टन आपतकालीन औषधि तथा स्वास्थ्य सामग्रीसहित इतुरी प्रान्तको राजधानी बुनिया पुगिसेको छ।

प्रकाशित: ४ जेठ २०८३ १७:४९ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast