चीनको लिउझोउ सहरमा भूकम्प

हिमाल प्रेस ४ जेठ २०८३ १०:२८ | Monday, May 18, 2026
6
SHARES
चीनको लिउझोउ सहरमा भूकम्प

दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार ५.२ म्याग्निच्यूडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ ।

चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)ले भूकम्पमा परी एक जना बेपत्ता भएको जनाएको हो । सोमबार बिहान लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । उक्त भूकम्प जमिनको सतहबाट करिब ८ किलोमिटर गहिराइमा मापन गरिएको थियो । भूकम्प गए लगत्तै स्थानीय आपत्कालीन सेवा, दमकल र प्रहरी टोलीहरू उद्धार कार्यमा परिचालन भएका छन् ।

ग्वाङ्सी क्षेत्रीय भूकम्प राहत मुख्यालयले सोमबार बिहान २ बजे (तेस्रो तह)को आपत्कालीन कार्ययोजना लागू गरेको हो । साथै, भूकम्पपछिका परकम्पहरूको निरन्तर निगरानी गर्न समेत भनिएको छ । उद्धार कार्यका लागि हालसम्म ५१ वटा दमकल तथा उद्धार सवारी साधन र ३ सय १५ जना उद्धारकर्मी घटनास्थलमा खटाइएको हो ।

चीन भूकम्प प्रशासनले पनि घटनापश्चात् तेस्रो तहको आपत्कालीन प्रतिक्रिया सक्रिय पारेको छ ।

 

प्रकाशित: ४ जेठ २०८३ १०:२८ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast