सशस्त्रले गर्‍यो रूखमा अड्किएका व्यक्तिको उद्धार

हिमाल प्रेस ३ जेठ २०८३ ६:२८ | Sunday, May 17, 2026
10
SHARES
सशस्त्रले गर्‍यो रूखमा अड्किएका व्यक्तिको उद्धार

काठमाडौँ- सशस्त्र प्रहरीले शनिबार कैलालीको गोदावरी नगरपालिका ११ ओलानीमा रूखमा अड्किएका एक जनाको सकुशल उद्धार गरेको छ।

सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए।

उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

 

प्रकाशित: ३ जेठ २०८३ ६:२८ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast