कांग्रेस कोषाध्यक्षमा फेरि उमेश श्रेष्ठ

हिमाल प्रेस १ जेठ २०८३ १८:३८ | Friday, May 15, 2026
20
SHARES
कांग्रेस कोषाध्यक्षमा फेरि उमेश श्रेष्ठ

काठमाडौँ- नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ फेरि मनोनीत भएका छन्।

पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य उमेश श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टीले जनाएको छ।

यसअघि शेरबहादुर देउवा सभापति हुँदा पनि श्रेष्ठ कोषाध्यक्ष थिए। उनलाई देउवाले २०८१ मंसिर ९ गते कोषाध्यक्ष पदमा मनोनीत गरेका थिए।

श्रेष्ठ व्यवसाय र राजनीतिमा परिचित नाम हो। शिक्षा क्षेत्रमा चार दशक काम गरेपछि श्रेष्ठले व्यवसाय विविधीकरण गर्दै पर्यटन, जलविद्युत् तथा कृषि क्षेत्रमा लगानीलाई व्यापकता दिएका छन्।

निर्वाहमुखी कृषिलाई रूपान्तरण गरी व्यावसायिक कृषिको जग निर्माणका लागि श्रेष्ठले एलए ग्रुपको स्थापना गरेका छन्। मीनबहादुर गुरुङको भाटभटेनी ग्रुपसँग पनि उनको सहकार्य छ। हस्पिट्यालिटीका क्षेत्रमा पनि यी दुई व्यवसायिक घरानाले सहकार्य गरेका छन्।

प्रकाशित: १ जेठ २०८३ १८:३८ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast