काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको उत्तर दिन प्रतिनिधिसभा बैठकमा उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद् बहिष्कार गर्ने भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा चेतावनी दिएका हुन्।
उनले भने, ‘आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर हुँदैन।’ प्रधानमन्त्री बालेन नीति तथा कार्यक्रम भइरहेको संसद् बैठकमा अनुपस्थित रहँदै आएका छन्। प्रधामन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम गर्दै गर्दा मंगलबार बिचमै उठेर हिँडेका थिए। त्यसपछि उनले सदनमा सम्बोधन गरेका छैनन्।
राईले प्रधानमन्त्री शाहलाई आफ्नो मर्यादा उल्लंघन नगर्न आग्रह गरे। परम्परा र विधि मिचेर देशमा परिवर्तन सम्भव नभएको साम्पाङले बताए।




