काठमाडौँ र कर्णालीलाई एउटैमा राखेर विकास हुँदैन : यशोदाकुमारी बराल

हिमाल प्रेस ३१ वैशाख २०८३ १३:४५ | Thursday, May 14, 2026
4
SHARES
काठमाडौँ र कर्णालीलाई एउटैमा राखेर विकास हुँदैन :  यशोदाकुमारी बराल

काठमाडौँ- सरकारले कर्णालीका लागि बजेटमा विभेदीकरण गर्नुपर्ने सांसद यशोदाकुमारी बरालले बताएकी छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद बरालले काठमाडौँ र कर्णालीका क्षेत्रलाई एउटै किसिमको बजेट विनियोजन गरेर नहुने बताइन्।

उनले सहरी क्षेत्र स्थानीय तहभन्दा कर्णाली र दुर्गमका स्थानीय तहलाई बढी बजेट दिनुपर्ने बताइन्। त्यस्तै, सुगमका योजनाभन्दा दुर्गमका योजनालाई बढी बजेट हाल्नुपर्ने उनको भनाइ थियो। ‘बजेटमा विभेदीकरण अनिवार्य हुनुपर्छ,’ सांसद बरालले भनिन्, ‘काठमाडौँ र कर्णालीलाई एउटैमा राखेर हुँदैन।’

नीति तथा कार्यक्रममाथि आफूले राखेको संशोधन प्रस्तावबारे बोल्दै सांसद बरालले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताइन्। यो नीति तथा कार्यक्रमले पुरानोलाई स्वीकार्न नसकेको र नयाँ ल्याउन नजानेको जिकिर गरिन्। उनले कर्णालीलाई विकास निर्माणमा प्राथमिकता दिन आग्रह गरिन्। कर्णाली प्रदेशमा बिजुलीका तार नांगो भएकाले सर्वसाधारणको ज्यान गइरहेको विषय उठाइन्।

प्रकाशित: ३१ वैशाख २०८३ १३:४५ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast