प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ

हिमाल प्रेस ३१ वैशाख २०८३ ११:१४ | Thursday, May 14, 2026
6
SHARES
प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ

काठमाडौँ- संघीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार (वैशाख ३१) सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित एक समारोहबीच उनले शपथ लिएका हुन् । उनलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले शपथग्रहण गराए ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए । संखुवासभाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिवबाट सेवानिवृत्त कर्मचारी हुन् ।

सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए । संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान छ । न्युज एजेन्सी नेपाल

प्रकाशित: ३१ वैशाख २०८३ ११:१४ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast