सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाउनुपर्ने प्रस्ताव

हिमाल प्रेस ३० वैशाख २०८३ १२:२५ | Wednesday, May 13, 2026
2
SHARE
सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाउनुपर्ने प्रस्ताव

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाउनुपर्ने प्रस्ताव गरेकी छिन्। बुधवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालले शान्ति र सगरमाथाको शीतललाई अर्थतन्त्र निर्माणको बलियो आधारमा रुपमा अघि बढाउनुपर्ने बताएकी हुन्।

मुलुकको अर्थतन्त्र वर्षौदेखि रेमिटयान्सको भरमा चलेको उल्लेख गर्दे सांसद अधिकारीले प्रविधिको विकासका लागि विश्वमा रहेका विज्ञहरूलाई नेपालको भौगोलिक तथा सांस्कृतिक विविधतामा रमाई काम गर्ने वातावरण बनाउन पनि सरकार लाग्नुपर्ने बताइन्।

सांसद अधिकारीले नेपालको भौगोलिक विविधता र समृद्ध कला संस्कृति विश्वका जोकोहीलाई लोभ्याउने उल्लेख गर्दै उनले विश्वका प्रविधिका विज्ञहरूलाई नेपालमा नै बसेर काम गर्नसक्ने गरी आवश्यक भिसाको व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिइन्।

प्रकाशित: ३० वैशाख २०८३ १२:२५ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast