वेब सिरिज ‘मायादेवी’ को शुभ–मुहूर्त

हिमाल प्रेस ३० वैशाख २०८३ ९:४७ | Wednesday, May 13, 2026
4
SHARES
वेब सिरिज ‘मायादेवी’ को शुभ–मुहूर्त

काठमाडौँ- उत्तम अधिकारीको निर्देशन रहने वेब सिरिज ‘मायादेवी’ को शुभ–मुहूर्त गरिएको छ । मंगलबार कोटेश्वर स्थित महादेव मन्दिरमा पत्रकार तथा कलाकारको उपस्थितिमा सिरिजको मुहूर्त गरिएको हो। ‘सत्य र पीडाको एक रङ्ग’ स्लोगन राखेको सिरिजले गम्भीर र यथार्थपरक कथावस्तु उठाउन लागेको निर्देशक अधिकारीले बताए । नेपाली सिरिजको बजारमा यसले एउटा फरक पहिचान बनाउने उनको भनाई छ।

रवि गिरी, उत्तम केसी, दिया जिसी, गोविन्द थापा, कर्मा लामा, रामहरि खड्का, देव महर्जन, निर्मल लम्साल, सरिता भण्डारी, सुशीला थापा, गुणाकर अधिकारी, अर्जुन साह, प्रवन भुसाल, मना महर्जन, विजय लामा, सानुमाया लगायत सिरिजमा स्थापित र नयाँ कलाकारको अभिनय रहनेछ। सिल्भर वुल्फ मिडिया र यादबिका एण्ड रियासा फिल्मको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको सिरिज चक्र बहादुर बरालको छायांकन, सन्तोष के श्रेष्ठको सम्पादन रहनेछ ।

प्रकाशित: ३० वैशाख २०८३ ९:४७ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast