प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

हिमाल प्रेस ३० वैशाख २०८३ ६:५७ | Wednesday, May 13, 2026
22
SHARES
प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने प्रधानमन्त्री बालेन।

काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित: ३० वैशाख २०८३ ६:५७ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast