भारतीय विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने, मिति तय हुन बाँकी

हिमाल प्रेस २९ वैशाख २०८३ १८:०५ | Tuesday, May 12, 2026
14
SHARES
भारतीय विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने, मिति तय हुन बाँकी

काठमाडौँ- भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपाल भ्रमण गर्ने भएका छन्। मंगलबारको विशेष प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जयशंकरको नेपाल भ्रमणको टुंगो लागेको बताएका हुन्। तर भ्रमणको मिति भने तय भइनसकेको उनको भनाइ छ।

उनले नेपालका तर्फबाट विदेशमन्त्री जयशंकरलाई भ्रमणको औपचारिक निम्तो आएको बताएका छन्। ‘भ्रमणको मिति दुवै देशको आपसी सहमतिमा तय गरिनेछ,’ उनले भने।

प्रकाशित: २९ वैशाख २०८३ १८:०५ | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast