किम जोङको हत्या भए उत्तर कोरियाले स्वत: आणविक हमला गर्ने नियम

हिमाल प्रेस २८ वैशाख २०८३ ९:२२ | Monday, May 11, 2026
30
SHARES
किम जोङको हत्या भए उत्तर कोरियाले स्वत: आणविक हमला गर्ने नियम

काठमाडौँ- उत्तर कोरियाले संविधानमा संशोधनमार्फत नयाँ नियम ल्याएको छ। उत्तर कोरियाका नेता किम जोङ उनको हत्या भए जवाफी कदम स्वरूप स्वतः आणविक हमला गर्ने व्यवस्था गरेको हो।

उत्तर कोरियाको सर्वोच्च जनपरिषद्को मार्च २२ देखि प्योङयाङमा सुरु भएको अधिवेशनले यो संवैधानिक संशोधनलाई अनुमोदन गरेको बताइएको छ। दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले यसै हप्ता सरकारका वरिष्ठ अधिकारीहरूलाई यसबारे जानकारी गराएको समाचारमा उल्लेख छ। संशोधित नीतिले उत्तर कोरियाको नेतृत्व असक्षम भएमा वा मारिएमा गरिने प्रतिशोधात्मक कारबाहीको रूपरेखा तय गरेको हो।
संशोधन गरिएको प्रावधानमा भनिएको छ, ‘यदि, राज्यको आणविक बलमाथिको कमान्ड–एन्ड–कन्ट्रोल प्रणाली शत्रु शक्तिहरूको आक्रमणका कारण खतरामा परेमा तत्काल र स्वचालित रूपमा आणविक हमला सुरु गरिनेछ।’

रोयटर्सले यसअघि उत्तर कोरियाले आफ्नो संविधान संशोधन गरी दक्षिण कोरियासँगको सीमालाई स्पष्ट तोकेको र दुई देशबीच एकता ९रियुनिफिकेसन०का सन्दर्भहरूलाई हटाएको रिपोर्ट गरेको थियो। उत्तर कोरियाको संविधानमा सीमा समावेश गरिएको यो पहिलोपटक भएको बताइएको छ।

गत महिना किमले दक्षिण कोरियाप्रति कडा अडान राख्दै देशको आणविक क्षमतालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए। दक्षिण कोरियालाई उनले सबैभन्दा शत्रुतापूर्ण राज्य भनेका छन्। किमले अमेरिकालाई पनि राज्य आतंकवाद र आक्रामकताको आरोप लगाउँदै बढ्दो विश्वव्यापी तनावका बीच वासिंटनको विरोधमा उत्तर कोरियाले थप सक्रिय भूमिका खेल्न सक्ने संकेत दिएका छन्।

 

प्रकाशित: २८ वैशाख २०८३ ९:२२ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast