काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले विभिन्न विभागहरूमा मनोनयन गरेको छ। आज (आइतबार) वनस्थलीस्थित पार्टी कार्यालयमा भएको बैठकले स्टार्टअप विभागको प्रमुखमा डा. प्रभात अधिकारी र शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन गरेको हो।
त्यस्तै केन्द्रीय र्याट विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा पूर्वडीआईजी विदुर खड्कालाई मनोनीत गरिएको छ। साथै कर्णाली प्रदेशको सहमहामन्त्रीमा राजबहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रकाशित: २७ वैशाख २०८३ १९:३९ | Sunday, May 10, 2026
प्रतिक्रिया



