२२ वर्षपछि भिरलाखुरी-पञ्चकोट सडक कालोपत्र

हिमाल प्रेस २७ वैशाख २०८३ १०:५२ | Sunday, May 10, 2026
10
SHARES
२२ वर्षपछि भिरलाखुरी-पञ्चकोट सडक कालोपत्र

बागलुङ- धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट जाने सडक कालोपत्र गरिएको छ। नेपालको १०० पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत बागलुङको पञ्चकोट जाने सडक खुलेको २२ वर्षपछि कालोपत्र गरिएको छ।

बागलुङ नगरपालिका-६ वडा कार्यालयदेखि भिरलाखुरी-पञ्चकोट कालोपत्र गरिएको हो। पाँचकोटको सङ्गमस्थल ‘पञ्चकोट’लाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास भएपछि त्यहाँ पुग्ने सडकलाई पक्की बनाइएको हो।

संघीय सरकार र बागलुङ नगरपालिकाको समपूरक अनुदानमा मुक्तिनाथ बाबा परिक्रमा सडक नाम दिइएको उक्त सडक २०८१ असारदेखि स्तरोन्नति थालिएको थियो।

मुक्तिनाथ बाबा कमलनयनआचार्यको संकल्पमा निर्माण भएको बागलुङ नगरपालिका-६ स्थित सर्वसिद्धिधाम पञ्चकोट पुग्ने सडकको चार किमी सडक केही स्थानमा ढलान र अन्य स्थानमा कालोपत्र गरिएका बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

रु आठ करोड ६७ लाख ३६ हजारमा बागलुङ नगरपालिका-६ स्थित वडाकार्यालयदेखि भिरलाखुरी हुँदै पञ्चकोट पुग्ने सडक स्तरोन्नति सम्पन्न भएर समुदायलाई हस्तान्तरण गर्ने चरणमा पुगेको श्रेष्ठले जानकारी दिए।

प्रिमिक्स प्रविधिद्वारा उक्त सडक कालोपत्र सम्पन्न गरिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले बताए। पञ्चकोट पुग्ने छोटो र स्तरीय सडकका रुपमा लिइएको उक्त सडकले धार्मिक पर्यटकलाई सहज बनाउने घर्तीको भनाइ छ।

चार किमी लम्बाइ र पाँच दशमलव पाँच मिटर चौडाई सडक कालोपत्रले गाउँमा विकासको नमुना पेस गरिएको छ। बागलुङ नगरपालिका-६ स्थित पञ्चकोटमा पुग्ने भारतीय तथा आन्तरिक पर्यटकलाई सडकले सहज बनाएको वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए।

उनले पञ्चकोट पुग्ने मुक्तिनाथ बाबा सडक परिक्रमाले सडकले अन्य सडकको तुलनामा दुई किमी सडक छोटो भएको बताए।

 

प्रकाशित: २७ वैशाख २०८३ १०:५२ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast