रास्वपाले बोलायो केन्द्रीय सचिवालयको बैठक

हिमाल प्रेस २७ वैशाख २०८३ ८:२४ | Sunday, May 10, 2026
4
SHARES
रास्वपाले बोलायो केन्द्रीय सचिवालयको बैठक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्। आज साँझ ६ बजे वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने भएको छ। बैठकमा रास्वपाको आगामी भेला तथा अधिवेशनको विशेष कार्यतालिकाबारे छलफल हुने जनाइएको छ।

त्यस्तै, रास्वपाका विभिन्न आयोग तथा विभागमा रिक्त रहेका पदाधिकारीको मनोनयन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा राखिएको छ। साङ्गठनिक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले जिल्ला समितिहरूको विघटन र नयाँ व्यवस्थापनबारे समेत बैठकमा निर्णय हुने बताइएको छ।

यससँगै रास्वपाको आन्तरिक अनुशासन र अनुशासनात्मक कारबाहीका सम्बन्धमा प्राप्त प्रस्तावमाथि पनि सचिवालयले विमर्श गर्ने भएको छ। सचिवालय बैठकले आगामी केन्द्रीय समितिको बैठकको तयारी र कार्यतालिका तय गर्नुका साथै अन्य विविध समसामयिक विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित: २७ वैशाख २०८३ ८:२४ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast