लेफ्टिनेन्ट जनरल सुब्रमणि बने भारतको नयाँ ‘सीडीएस’

हिमाल प्रेस २६ वैशाख २०८३ १८:१४ | Saturday, May 9, 2026
6
SHARES
लेफ्टिनेन्ट जनरल सुब्रमणि बने भारतको नयाँ ‘सीडीएस’

काठमाडौँ- भारत सरकारले लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणि (सेवानिवृत्त) लाई नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त गरेको छ।

उनले हालका सीडीएस अनिल चौहानको स्थान लिनेछन्। चौहानको कार्यालय मे ३० मा समाप्त हुँदैछ।

लेफ्टिनेन्ट जनरल राजा सुब्रमणि अहिले राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सैन्य सल्लाहकारको महत्वपूर्ण पदमा कार्यरत छन्। उनले सन् २०२५ सेप्टेम्बर १ देखि यो जिम्मेवारी सम्हालेका हुन्।

यसअघि उनले १ जुलाई २०२४ देखि ३१ जुलाई २०२५ सम्म भारतीय सेनाको उपप्रमुखका रुपमा काम गरेका थिए। उनले मार्च २०२३ देखि जुन २०२४ सम्म केन्द्रीय कमान्डको जनलर अफिसर कमान्डिङ–इन–चीप (जीओसी–इन–सी) को जिम्मेवारी पनि सम्हालेका थिए।

सुब्रमणिलाई डिसेम्बर १९८५ मा गढवाल राइफल्समा कमिसन प्रदान गरिएको थियो र भारतीय सेनामा उनको सेवा अवधि ३७ वर्षभन्दा बढी रहेको छ।

आफ्नो कार्यकालमा उनले विभिन्न संघर्षग्रस्त क्षेत्र तथा भौगोलिक भूभागहरूमा सेवा दिएका छन्। उनले विभिन्न कमान्ड, स्टाफ तथा प्रशिक्षणसम्बन्धी पदहरूमा काम गरेका छन्। चीन–पाकिस्तान सीमा क्षेत्रमा काम गरेको अनुभव उनीसँग रहेको छ।

लेफ्टिनेन्ट जनरल सुब्रमणि नेशनल डिफेन्स एकेडेमी (एनडीए) र भारतीय सैन्य एकेडेमी (आईएमए) का स्नातक हुन्। उनले ज्वाइन्ट सर्भिसेज कमाण्ड एन्ड स्टाफ कलेज नेशनल डिफेन्स कलेजमा पनि तालिम प्राप्त गरेका छन्। उनले किङ्स कलेज लडन्डनबाट एमएको डिग्री तथा मद्रास विश्वविद्यालयबाट रक्षा अध्ययनमा एमफिल उपाधि हासिल गरेका छन्।

उनी परम विशिष्ट सेवा, अति विशिष्ट सेवा, सेना र विशिष्ट सेवा पदकलगायतका सम्मानबाट विभूषित भएका छन्।

प्रकाशित: २६ वैशाख २०८३ १८:१४ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast