सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै रास्वपा, अनिवार्य सहभागी हुन निर्देशन

हिमाल प्रेस २६ वैशाख २०८३ ७:४१ | Saturday, May 9, 2026
8
SHARES
सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै रास्वपा, अनिवार्य सहभागी हुन निर्देशन

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै छ ।

रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौंमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

आचार्यले पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा आज र भोलि संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रशिक्षण दिइने बताएका छन् ।

प्रशिक्षण कार्यक्रममा सांसदहरूलाई अनिवार्य सहभागिताका लागि रास्वपाले निर्देशन दिएको छ ।

प्रकाशित: २६ वैशाख २०८३ ७:४१ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast