अस्ट्रेलियामा नेपाली नर्स पक्राउ

हिमाल प्रेस १७ माघ २०७९ ७:५४ | Tuesday, January 31, 2023
अस्ट्रेलियामा नेपाली नर्स पक्राउ प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ- अस्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छन्। वृद्धामाथि कुटपिट गरेको आरोपमा नर्स अस्मिता पाण्डे पक्राउ परेकी हुन्।

एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रूपमा कार्यरत उनलाई पक्राउ परेको प्रहरीले जनाएको छ। पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो।

पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी वृद्धासमेत छिन्। पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ।

प्रकाशित: १७ माघ २०७९ ७:५४ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast