तास्मिनियासँग १९२ रनमा अलआउट भयो नेपाल ‘ए’

हिमाल प्रेस १७ भदौ २०८३ ९:४० | Wednesday, September 2, 2026
तास्मिनियासँग १९२ रनमा अलआउट भयो नेपाल ‘ए’

काठमाडौँ- अष्ट्रेलियाको तास्मिनिया टोलीसँग नेपाल ‘ए’ पुरुष क्रिकेट टोली जम्मा १९२ रनमा अलआउट भएको छ।

एक दिवसीय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ए ले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १९३ रनको लक्ष्य दिएको हो। नेपालका लागि कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर मयन यादवले बनाएको ३२ रनमा आउट हुँदा अर्का ओपनर तृतराज दास सर्वाधिक ३७ रनमा मैदानबाट बाहिरिए।
कुशल मल्लले २७ रन थप्दा पवन सराप २२ रनमा अविजित रहे। यसबाहेक दीपकप्रसाद डुम्रे १८, कप्तान अनिलकुमार साह ११, कुशल भुर्तेल १२ मा आउट भएका थिए। अबको केहीबेरमा नेपालले बलिङ गर्नेछ।

नेपाली टोली टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गरिसकेपछि एकदिवसीय खेल खेलेको हो। टप एन्ड टी–२० सिरिजमा नेपालले छमध्ये चारमा हार तथा दुई खेलमा जित निकालेको थियो।

प्रकाशित: १७ भदौ २०८३ ९:४० | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast