काठमाडौँ- अष्ट्रेलियाको सिड्नी ओरन पार्क नजिक बसोबास गर्ने नेपालीहरूले नेपालको नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाएका छन्। हाम्रो क्लब र नेपाली अभिवावक समाज ओरन पार्कको संयुक्त आयोजनामा नयांँ वर्ष मनाइएको हो।
कार्यक्रममा ओरन पार्क वरिपरि बसोबास गर्ने तीन सयभन्दा बढी नेपालीहरूको उपस्थिति रहेको हाम्रो क्लबका कार्यसमिति सदस्य दिनेश सापकोटाले जानकारी दिए।
क्लबका अध्यक्ष राजीव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित नेपाली समुदायले नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रममा नेपाली परिकारको विभिन्न स्टलहरू राखिनुका साथै नेपाली संस्कृति झल्किने कला, गीत-संगीत र साहित्य पनि प्रस्तुत गरिएको थियो।

प्रकाशित: ८ वैशाख २०८३ २१:४१ | Tuesday, April 21, 2026
प्रतिक्रिया



