काठमाडौँ- मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारीसाधन एकतर्फी सञ्चालनमा थियो ।
बिहीबार (वैशाख २४) बिहान करिब ७ः५० बजेदेखि बाटो दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ । ‘आज मिति २०८३/०१/२४ गते मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै माथिबाट ढुंगाहरू झर्दा एकतर्फी सञ्चालनमा रहेको सडक हाल दुवैतर्फ सञ्चालनमा आएको जानकारी गराउँदछौँ, सडक डिभिजनको सूचनामा उल्लेख छ ।
प्रकाशित: २४ वैशाख २०८३ ९:३० | Thursday, May 7, 2026
प्रतिक्रिया



