काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगनकुमार थापाको उपस्थितिमा बस्नेछ।
बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन दिइएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
यसअघि प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले मंगलबार ३९ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका थिए ।
प्रकाशित: २३ वैशाख २०८३ ९:४० | Wednesday, May 6, 2026
प्रतिक्रिया



