काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई नेताको जिम्मेवारी हेरफेर भएको छ।
पार्टीको सचिवालयले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई जिम्मेवारी हेरफेर गरी केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ।
प्रकाशित: २२ वैशाख २०८३ १६:४६ | Tuesday, May 5, 2026
प्रतिक्रिया



