पोखराको न्यूरोडस्थित भाटभटेनी सुपरस्टोर्स सञ्चालन

हिमाल प्रेस २१ वैशाख २०८३ १६:०९ | Monday, May 4, 2026
8
SHARES
पोखराको न्यूरोडस्थित भाटभटेनी सुपरस्टोर्स सञ्चालन

पोखरा- पोखराको न्यूरोडस्थित भाटभटेनी सुपर स्टोर्स सोमबारदेखि सञ्चालनमा आएको छ। जेनजी आन्दोलनका क्रममा आगलागी गरेर ध्वस्त पारिएको उक्त स्टोर्स पुननिर्माणसँगै सञ्चालनमा आएको हो।

उद्घाटनका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि पुगेका थिए। उनले स्टोर्स जल्दा बचाउन केही गर्न नसकेको उल्लेख गर्दै फेरि पहिले जस्तै पोखरेलीलाई सहजताका साथ अदम्य साहस गरी पुनः सञ्चालनमा ल्याएर ठूलो गुन लगाएको भन्दै संचालक मीनबहादुर गुरुङको कार्यको प्रशंसा गरे।

जेनजी आन्दोलनको क्रममा गत २४ भदौमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएका थिए।

प्रकाशित: २१ वैशाख २०८३ १६:०९ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast