दिल्लीमा एभरेष्ट चेम्बरले गर्‍यो नयाँ नेतृत्व चयन, मोहन कार्की सर्वसम्मत अध्यक्ष

हिमाल प्रेस २१ वैशाख २०८३ ११:०५ | Monday, May 4, 2026
26
SHARES
दिल्लीमा एभरेष्ट चेम्बरले गर्‍यो नयाँ नेतृत्व चयन, मोहन कार्की सर्वसम्मत अध्यक्ष

काठमाडौँ- भारतमा रहेका प्रवासी नेपाली उद्योगी व्यवसायीको छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिज(इसीसीआई)ले डा.मोहन कार्कीको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ। आइतबार नयाँ दिल्लीमा सम्पन्न इसीसीआईको पाँचौ वार्षिक साधारण सभाले सर्वसम्मत रुपमा कार्की नेतृत्वको कार्यकारिणी समिति चयन गरेको हो । योगमा विद्यावरिधी कार्की दि योगगुरु इन्स्टिच्यूटका संस्थापक हुन्।

संस्थाले सदस्य बिस्तार भएका राज्यहरुलाई श्रेणीगत रुपमा ६ जोनमा विभाजन गरेर उपाध्यक्ष चयन गरेको छ। महाराष्ट्रबाट मनोज कोटाल, नेपालबाट दुर्गा सुवेदी, मध्य प्रदेशबाट गणेश पाण्डे, पश्चिम बंगालबाट खेमराज बराल, राजकुमार श्रेष्ठ, राम नेपाल र प्रमोद खरेललाई चयन गरेको छ। महासचिवमा चन्द्र लामिछाने, उप महासचिवमा एल.पी.पाण्डे, कोषाध्यक्षमा सीए संदीप कौशल लगायत सदस्यहरु समेत गरेर २७ जनाको कार्यकारिणी समिति छ।

साधारणसभा कार्यक्रममा अध्यक्ष कार्कीलाई निवर्तमान अध्यक्ष युवराज बरालले पदभार हस्तान्तरण गरेका थिए। नव गठित कार्यसमितिले आइतबार नै पहिलो कार्यसमिति बैठक सम्पन्न गरेर तीनवटा प्रस्ताव समेत पारित गरेको छ । नेटवर्किंङ प्लेटफर्मको रुपमा अघि बढाउने संकल्प गरेको भन्दै अध्यक्ष कार्कीले अगामी कार्यकालमा चार पाँच करोडको बजेटमा पुर्‍याउन सकियोस भन्ने कामना गर्ने बताए।

प्रकाशित: २१ वैशाख २०८३ ११:०५ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast