काठमाडौँ- संविधानविद् विपिन अधिकारीले राष्ट्रपतिलाई सरकारले सिफारिस गरेको अध्यादेश फिर्ता गर्ने अधिकार नभएको बताएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी नगरी फिर्ता पठाइदिएपछि अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन्।
संविधानविद् अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘संवैधानिक राष्ट्रपतिलाई यस रूपमा कुनै पनि अध्यादेश फिर्ता गर्ने अधिकार छैन । अध्यादेश नियमित प्रक्रियाको विधेयक होइन।’
राष्ट्रपतिले नभएको अधिकार दाबी गर्दा प्रधानमन्त्रीको कार्यकारी अधिकार प्रभावित हुने संविधानविद् अधिकारीले बताए । ‘यस्तो उच्च तहबाट पनि संविधानको स्पष्ट रूपमा परिपालना हुँदैन भने संविधान कसरी सुरक्षित रहिरहन सक्छ?’,उनले प्रश्न गर्दै अगाडि लेखेका छन् ।




