महावीर पुन
काठमाडौँ- सांसद तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारले अध्यादेशमार्फत छिटो काम अघि बढाउनुपर्ने बताएका छन्।
उनले जेनजी आन्दोलनपछिको कामचलाउ सरकारका बेला राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश ल्याउन नदिएको स्मरण गर्दै आफूले शिक्षासम्बन्धी तीन र अन्य मन्त्रीहरूले थप तीन गरी कुल ६ वटा अध्यादेश ल्याउने प्रयास गरेको बताए।
‘त्यतिबेला अध्यादेश ल्याउन दिइएन, अहिले भने बाध्य भएर राष्ट्रपतिज्यूले ६ वटा अध्यादेश स्वीकृत गर्नुभएको छ,’ उनले भने।
पुनका अनुसार ती अध्यादेशहरू संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र पारित हुनुपर्नेछ। ‘अहिलेको सरकारले संसद्बाट पक्कै पनि पास गरिहाल्छ, किन कचकच?’ उनले प्रश्न गरे।
उनले अध्यादेशमार्फत राम्रो काम छिटोछिटो गर्न सकिने उल्लेख गर्दै अनावश्यक विवाद नगर्न आग्रह गरे।



