किन बस्दैछ आज रास्वपाको सचिवालय बैठक?

हिमाल प्रेस २० वैशाख २०८३ ७:४९ | Sunday, May 3, 2026
6
SHARES
किन बस्दैछ आज रास्वपाको सचिवालय बैठक?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने बताइएको छ ।

साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।

प्रकाशित: २० वैशाख २०८३ ७:४९ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast