घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को को छन् कलाकार?

हिमाल प्रेस १९ वैशाख २०८३ १४:०० | Saturday, May 2, 2026
4
SHARES
घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को को छन् कलाकार?

काठमाडौँ- निर्देशक घनश्याम लामिछानेले ‘तिमी मेरो म तिम्रो’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच यो फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरियो। सो अवसरमा फिल्मका मुख्य कलाकारहरू पनि चिनाइएको थियो ।

‘चित्रा’का निर्माता सन्तोष अधिकारीले निर्माण गर्ने यस फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी लगायतका कलाकारहरूको अभिनय रहनेछ। यो फिल्मबाट प्रतिमा थापाले अभिनेत्रीको रूपमा डेब्यू गर्दैछिन् । मोडलिङ पृष्ठभूमिकी उनले यसअघि ‘चित्रा’मा ‘हेड अफ प्रोडक्सन’को रूपमा काम गरेकी थिइन् ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको प्रस्तुतिमा बन्ने यस फिल्मका सहनिर्मातामा राज श्रेष्ठ र आशिष थापा मगर रहेका छन् भने तेजविक्रम केसी लाइन प्रोडुसरको रूपमा छन्। फिल्ममा नरेन्द्र मैनालीको छायांकन, मनिष गौतमको लेखन तथा युग भुसालको संगीत रहनेछ। आगामी जेठ दोस्रो साताबाट फिल्मको छायांकन सुरु हुने जनाइएको छ ।

फिल्मको घोषणा कार्यक्रममा भुवन केसीले आफूलाई कथावस्तुदेखि शीर्षकसम्म मन परेको बताए । उनले भने, ‘सुरुमा त मलाई फिल्मको शीर्षक नै एकदमै ‘क्याची’ लाग्यो। कथावस्तु पनि युवापुस्ताका दर्शकलाई मनपर्ने खालको छ । त्रिकोणात्मक प्रेमकथा सुन्दर ढंगले लेखिएको छ । मलाई निर्मातासहितको टिम र भूमिका पनि राम्रो लागेपछि फिल्ममा जोडिएको हुँ ।’

प्रकाशित: १९ वैशाख २०८३ १४:०० | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast