सुकुम्बासी संघले गर्‍यो आन्दोलनको घोषणा

हिमाल प्रेस १७ वैशाख २०८३ १५:५४ | Thursday, April 30, 2026
8
SHARES
सुकुम्बासी संघले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौँ- अखिल नेपाल सुकुम्बासी संघले विनाविकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले विभिन्न सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै विनाविकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको हो।

पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई गरेका वाचा स्मरण गर्न र जबरजस्ती उठिवास रोक्नका लागि सरोकारवाला सबैलाई आग्रह गरिने संघले जनाएको छ।

त्यस्तै आन्दोलनको दोश्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने, जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गर्ने संघले जानकारी दिएको छ।

संघका अध्यक्ष अमर परियारले जबरजस्ती नागरिकलाई उठिबास लगाउने कार्य भएकाले आन्दोलनको घोषणा गर्नुपरेको बताए।

शान्तिपूर्ण आन्दोलनबाट आफूहरुको माग सुनुवाइ नभए मेची–महाकाली राजमार्ग र सुकुम्बासी क्षेत्र केन्द्रित संघर्षसहित देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी संघले दिएको छ।

प्रकाशित: १७ वैशाख २०८३ १५:५४ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast