सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जूबा’ छायांकन थालियो

हिमाल प्रेस १७ वैशाख २०८३ ११:२६ | Thursday, April 30, 2026
4
SHARES
सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जूबा’ छायांकन थालियो

काठमाडौँ- फिल्म ‘जूबा’को छायांकन सुरु भएको छ। अस्त्र फिल्म्सको प्रस्तुति रहेको फिल्म बुधबार ‘जूबा’ शुभमुहूर्त गरिएको हो। फिल्म सर्लाहीसँगै काठमाडौं र भारतको राजस्थानमा पनि सुटिङ हुने निर्माण पक्षले जनाएको छ ।

मुख्य भूमिकामा सौगात मल्ल छन्। फिल्मको लेखन तथा निर्देशन प्रकाश कर्णले गरेका हुन् भने स्क्रिनप्ले र लेखन वर्षा पौडेलको रहेको छ। क्रिएटिभ प्रोड्युसरको जिम्मेवारी पनि निर्देशक कर्ण र लेखिका पौडेलले संयुक्त रूपमा सम्हालेका छन् । फिल्ममा सोफी धरेलले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् । उनीसँगै सौगात मल्ल र सुधन पोखरेल मुख्य भूमिकामा छन्। सुधनको यो तेस्रो फिल्म भए पनि मुख्य भूमिकामा भने यो पहिलो हो।

रक क्यासल स्टुडियोको निर्माणमा तयार भइरहेको फिल्मको घोषणा सँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएका थिए, जसले कथावस्तु र पात्रको लुक्सबारे प्रारम्भिक संकेत दिएको थियो।

प्रकाशित: १७ वैशाख २०८३ ११:२६ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast