दुई महिनामा इरानद्वारा २१ जनालाई मृत्युदण्ड चार हजार पक्राउ

हिमाल प्रेस १६ वैशाख २०८३ २०:४२ | Wednesday, April 29, 2026
दुई महिनामा इरानद्वारा २१ जनालाई मृत्युदण्ड चार हजार पक्राउ

काठमाडौँ– इरानले मध्यपूर्व युद्ध सुरु भए देखि कम्तिमा २१ जनालाई मृत्युदण्ड दिनुका साथै चार हजारभन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्रसंघले बुधबार जनाएको छ।

गत फेब्रुअरीको अन्त्यमा भएको आक्रमणको कारण युद्ध सुरु भएदेखि सन् २०२६ जनवरीमा विरोध प्रदर्शनको क्रममा कम्तिमा नौ जनालाई मृत्युदण्ड दिइएको जनाइएको छ।

यसैगरी थप १० जनालाई विपक्षी समूहको सदस्यता लिएको आरोपमा र दुई जनालाई जासुसीको आरोपमा मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

यसैबीच चार हजार भन्दा बढी मानिसहरूलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयका आधारमा पक्राउ गरिएको अनुमान गरिएको छ।

द्वन्द्वको क्रममा धेरै कैदीहरू जबरजस्ती बेपत्ता, यातना वा क्रूर, अमानवीय र अपमानजनक व्यवहार को सिकार भएको बताइएको छ। संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख भोल्कर टर्कले आरोपलाई जबरजस्ती स्वीकारोक्तिलगायतका गम्भीर आरोपले इरानी जनताको अधिकार सीमित गरेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन्।

उनले अधिकारीहरूलाई थप मृत्युदण्डमा रोक लगाउन, उचित प्रक्रियाबाट निष्पक्ष परीक्षणको पूर्ण ग्यारेन्टी सुनिश्चित गर्न र मनमानी ढंगले हिरासतमा राखिएका व्यक्तिहरूलाई तुरुन्तै रिहा गर्न आह्वान गरेका छन्।

एम्नेस्टी इन्टरनेसनललगायतका अधिकार समूहहरूले इरानले प्रत्येक वर्ष विभिन्न आरोपमा मानिसहरूलाई मृत्युदण्ड दिँदै आएको जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८३ २०:४२ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast