काठमाडौँ- म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गर्दै जम्मा तीन तोला सुन रहेको उल्लेख गरेका छन्।
उनले आफूसँग नगद २९ लाख जति रुपैयाँ बैंकमा मौज्दात रहेको बताएका छन्। नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ मौज्दात रहेको बताएका छन्।
नेपाल बैंकमा रहेको ४ लाख साथीहरूले सहयोग गरेको र २५ लाख रुपैयाँ गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दा सहयोगीहरूले दिएको रकमबाट बचेको बताएका छन्।
यो रकम म्याग्दीमा रहेको सम्पर्क कार्यालय सञ्चालनमा सहयोग गरिने पुनले बताएका छन्।
उनले आफूसँग तीन तोला सुन रहेको विवरण उल्लेख गरेका छन्। ती सुन २०६० सालतिर खरिद गरेको र श्रीमतीलाई उपहार दिएको उल्लेख गरेका छन्।
प्रकाशित: १६ वैशाख २०८३ ११:५३ | Wednesday, April 29, 2026
प्रतिक्रिया




