पोखरामा आगोले जलेकी महिलाको मृत्यु

हिमाल प्रेस १६ माघ २०७९ १२:४५ | Monday, January 30, 2023
पोखरामा आगोले जलेकी महिलाको मृत्यु सांकेतिक तस्बिर।

पोखरा- पोखरामा आइतबार आगोले जलेकी महिलाको मृत्यु भएको छ। पोखरा-१३, काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनको राति साढे ११ बजे मृत्यु भएको जनाएको छ।

संगीताको घरमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। क्षेत्रीलाई उद्धार गर्न जाने क्रममा संगीता पनि जलेको प्रहरीको प्रारम्भिक अनुमान छ।

घाइते कृष्णको उपचार भइरहेको छ। घाइते कृष्णबहादुर खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

कृष्णको तुलनामा संगीताको शरीरको अधिकांश भाग (करिब ८० प्रतिशत) जलेको थियो।

प्रकाशित: १६ माघ २०७९ १२:४५ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast