प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

हिमाल प्रेस १६ माघ २०७९ ११:४८ | Monday, January 30, 2023
प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य फाइल तस्बिर

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख पाँच हजार पाँच सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: १६ माघ २०७९ ११:४८ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast