काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदप्रति सम्मान गरेका छन्।
उनले आज सहिद दिवसको अवसरमा सहिद स्मारक पुगेर पुष्पगुच्छा अर्पण गरेका हुन्। सोही कार्यक्रममा काठमाडौँ महानगरपालिका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, राजनीतिक नियोग प्रमुखहरूको उपस्थिति थियो।
साथै सहिद दिवसकै दिन प्रेस वक्तव्य निकालेर प्रधानमन्त्रीले श्रद्धाञ्जली अर्पण गरेका थिए।





तस्बिर : प्रधानमन्त्रीको सचिवालय
प्रकाशित: १६ माघ २०७९ ९:४४ | Monday, January 30, 2023
प्रतिक्रिया






