काठमाडौँ- अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते (हरितालिका तीज)को अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।
प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मलाई दर्शकमाझ भावनात्मक कथावस्तु बोकेको नयाँ प्रस्तुति रूपमा लिइएको छ ।
फिल्मको निर्माण हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठले गरेका हुन् । कलाकारमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।
पटकथा ध्रुव लम्सालले लेखेका हुन् भने छायांकन सुदीप बरालले गरेका छन्। फिल्मको वितरण रिच, एप्पल र एफडीले गर्ने भएका छन् । निर्देशक थापाले फिल्मबारे भनिन्, ‘यो प्रेमकथा मात्रै होइन, जीवनका विभिन्न आयामहरू समेटिएको कथा हो । दर्शकले आफ्नै अनुभूति भेट्ने विश्वास लिएको छु ।’




