काठमाडौँ- थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ । सुकुम्वासी बस्दै आएको बस्ती सरकारले खाली गरेको हो । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले आज थापाथलीको सुकुम्वासी बस्तीमा डोजर लगाएको थियो ।
‘यहाँबाट आफू घरवारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ,’ प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले भनेको छ ।
बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगरीय प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित: १२ वैशाख २०८३ १२:५५ | Saturday, April 25, 2026
प्रतिक्रिया




