वास्तविक सुकुम्वासी पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्न उनेपाको माग

हिमाल प्रेस १२ वैशाख २०८३ ९:०१ | Saturday, April 25, 2026
20
SHARES
वास्तविक सुकुम्वासी पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्न उनेपाको माग

काठमाडौँ- उज्यालो नेपाल पार्टी (उनेपा)ले काठमाडौँ उपत्यकाको नदी किनारबाट हटाइएका नागरिकमध्ये वास्तविक सुकुम्वासी पहिचान गरी उनीहरूको उचित र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।

शनिबार बिहान विज्ञप्ति जारी गरी उज्यालो नेपाल पार्टीले भनेको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानवअधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गर्न उज्यालो नेपाल पार्टी जोडदार माग गर्दछ।’

सबै सरोकारवाला पक्ष-सरकार, स्थानीय तह, नागरिक समाज र सुकुमवासी समुदायलाई संवेदनशील भई संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न पार्टीले आह्वान गरेको छ।

 

प्रकाशित: १२ वैशाख २०८३ ९:०१ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast