‘हामी सरकारमा छौँ, अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ’

हिमाल प्रेस ११ वैशाख २०८३ १७:५० | Friday, April 24, 2026
16
SHARES
‘हामी सरकारमा छौँ, अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ’

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पु¥याएर चाँडै जग्गा वितरण गर्ने बताएका छन्। काठमाडौँका विभिन्न स्थानका सुकुम्बासी बस्ती खाली गराउने सरकारको कदमको विरोध भइरहेको बेला प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।

‘काठमाडौँका खोला किनारबाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्, त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘हामी सरकारकमा छौँ, अतिक्रमणकारी र सुकुम्बासी छट्याउने नै छौँ। देशभरका सुकुम्बासीका लागि प्रक्रिया पु¥याएर यथाशाक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।’

सकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने गरेको वाचा आफूले नबिर्सिएको भन्दै उनले त्यसलाई पुरा गर्न आन्तरिक रुपमा काम गरिरहेको बताएका छन्।

प्रधानमन्त्री शाहले थापाथली, गैरीगाउँ, मनोहरालगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेकाहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको उल्लेख गरेका छन्।

नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले सुकुम्बासी समस्या समाधान गरी भोटको राजनीति अन्त्य गर्ने आफ्नो प्रयास गरहेको जिकिर गरेका छन्। उनले खोला किनारमा बसिहरेका नागरिकको सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकारले यो कदम उठाएको उल्लेख गरेका छन्।

‘उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहेने?,’ उनले भनेका छन्,‘उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो?’

प्रधानमन्त्री शाहले वर्षौँदेखि रहेको यो समस्या स्थायी रूपमा हल गर्नुको विकल्प नभएको उल्लेख गरेका छन्।

प्रकाशित: ११ वैशाख २०८३ १७:५० | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast