टेलिकमले ल्यायो ‘समर अफर २०८३’

हिमाल प्रेस १० वैशाख २०८३ २१:३० | Thursday, April 23, 2026
2
SHARE
टेलिकमले ल्यायो ‘समर अफर २०८३’

काठमाडौँ – नेपाल टेकिमले ग्राहकहरूको सुविधालाई मध्यनजर गरी शुक्रबार (वैशाख ११ गते) देखि लागू हुने गरी ‘समर अफर २०८३’ ल्याएको छ। यस योजनाअन्तर्गत कम्पनीले भ्वाइस तथा डाटा प्याकेजहरूमा समय र सेवालाई परिमार्जन गरेको छ।

टेलिकमले यसअघि उपलब्ध गराउँदै आएको २८ दिने प्रिपेड प्याकेजहरूलाई बढाएर ३० दिन पु¥याएको छ। अब ग्राहकले पहिलेकै जस्तो महिना नपुग्दै प्याक सकिने झन्झट बेहोर्नुपर्ने छैन।

यस्ता छन् सुविधाहरू :

१. सजिलो अनलिमिटेड प्याक: डाटा र भ्वाइसको महासंगम

टेलिकमको सबैभन्दा लोकप्रिय ‘सजिलो अनलिमिटेड प्याक’ लाई अझ बढी सुविधायुक्त बनाइएको छ:

९९९ को प्याकेज: यसमा ३०० जीबी डाटा, अनलिमिटेड अल-नेट भ्वाइस कल र ३०० वटा अल-नेट एसएमएस प्राप्त हुनेछ।

७९९ को प्याकेज: यसमा १५० जीबी डाटा, अनलिमिटेड अल-नेट भ्वाइस कल र २५० वटा अल-नेट एसएमएस उपलब्ध हुनेछ।

२. डाटा प्याक र दैनिक चलाउनेहरूका लागि विशेष

डाटा मात्र प्रयोग गर्नेहरूका लागि पनि कम्पनीले सस्तो र धेरै भोल्युमका प्याकहरू ल्याएको छ:

मासिक प्याक: रु. ९९९ मा १०० जीबी र रु. ५४९ मा ४० जीबी डाटा।

दैनिक डाटा प्याक: रु. ५९९ मा प्रतिदिन २ जीबी र रु. ३४९ मा प्रतिदिन १ जीबी डाटा (३० दिनका लागि)।

अनलिमिटेड ५ एमबीपीएस : रु. ९९९ मा ३० दिनसम्म प्रतिदिन चलाउन मिल्ने ५ एमबीपीएस गतिको अनलिमिटेड डाटा।

३. अल-नेट भ्वाइस सुविधा

अब ३० दिने भ्वाइस प्याकेजहरूमा नेपालभित्रका सबै नेटवर्कमा (All-Net) कल गर्न सकिने सुविधा थपिएको छ। यसले अन्य नेटवर्कमा कल गर्दा लाग्ने अतिरिक्त शुल्कको भार कम गर्नेछ। साथै, तत्काल सेवा चाहिनेहरूका लागि रु. २५ मा १ घण्टासम्म अनलिमिटेड भ्वाइस र डाटा चलाउन सकिने अफर पनि यथावत छ।

सेवा कसरी सुचारु गर्ने?

नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार ग्राहकले निम्न माध्यमबाट यी सेवाहरू खरिद गर्न सक्नेछन्:

मोबाइलमा *1415# डायल गरेर।

‘नेपाल टेलिकम’ मोबाइल एप प्रयोग गरेर।

कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत।

यो अफरले बढ्दो गर्मीसँगै ग्राहकहरूलाई सस्तो र गुणस्तरीय सञ्चार सेवामार्फत राहत दिने अपेक्षा कम्पनीले राखेको छ।

प्रकाशित: १० वैशाख २०८३ २१:३० | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast