१६ प्रशासकीय अधिकृतलाई तीन दिनभित्र हाजिर हुन मन्त्रालयको निर्देशन

हिमाल प्रेस १० वैशाख २०८३ २०:१८ | Thursday, April 23, 2026
48
SHARES
१६ प्रशासकीय अधिकृतलाई तीन दिनभित्र हाजिर हुन मन्त्रालयको निर्देशन

काठमाडौँ- संघीय तथा सामान्य प्रशासन मन्त्रालयले खटाइएका स्थानीय तहमा हाजिर हुन उपसचिव तथा शाखा अधिकृतस्तरका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा कामकाज गर्न खटाइएको निकायमा रमाना लिई हाजिर हुन निर्देशन दिएको हो।

मन्त्रालयले जनाएअनुसार गत भदौदेखि चैत महिनासम्म विभिन्न स्थानीय तहहरूमा सरूवा भई समय व्यतित भइसक्दा समेत खटाइएका स्थानीय तहहरूमा १६ जना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छैनन्।

खटाइएको निकायमा तीन दिनभित्र हाजिर नभए निजामती सेवा नियमावलीबमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।

‘१६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा कामकाज गर्न खटाइएको निकायमा रमाना लिई जान हुन तथा निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा भएको व्यवस्था बमोजिम कारबाही हुने गरी पत्राचार गरिएको छ,’ मन्त्रालयले जनाएको छ।

स्थानीय तहमा हाजिर हुन अटेर गरी साविककै कार्यालयमा कार्यरत रहने कर्मचारीहरूको विकृति रोक्न १६ जना कर्मचारीलाई पत्रचार गरिएको मन्त्रालयको भनाइ छ। आगामी दिनमा समेत हाजिर नहुने कर्मचारी उपर कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

प्रकाशित: १० वैशाख २०८३ २०:१८ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast