युद्धविरामका बीच लेबननमा हमला, २ जनाको मृत्यु

हिमाल प्रेस १० वैशाख २०८३ ६:३८ | Thursday, April 23, 2026
10
SHARES
युद्धविरामका बीच लेबननमा हमला, २ जनाको मृत्यु तस्बिर : एएफपी

काठमाडौँ- दक्षिणी लेबननको अलतिरी गाउँमा इजरायलले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ। यसको एक दिनअघि इजरायली सेनाले लेबननका बासिन्दालाई लितानी नदी, वादी अलसलुकी र वादी अल-सलहानीबाट टाढा रहन चेतावनी दिएको थियो। लेबननको सरकारी राष्ट्रिय समाचार एजेन्सीले बुधबार बताएअनुसार  इजरायली सेनाले त्यहाँ ‘हेजबुल्लाह आतंकवादी गतिविधि’ जारी रहेको दाबी गरेको थियो।

इजरायल र लेबननबीच यही अप्रिल १६ मा १० दिनका लागि युद्धविराम घोषणा गरिएको थियो। आज (बिहीबार) अमेरिकाको राजधानी वासिङटनमा पनि राजदूतस्तरीय वार्ता हुने कार्यक्रम छ। हेजबुल्लाह र इजरायल दुवैले एकअर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। इजरायली सेनाले पहिले भनेको थियो-हेजबुल्लाहले दक्षिणी लेबननमा इजरायली सेनामाथि आक्रमण गरेको छ।

 

प्रकाशित: १० वैशाख २०८३ ६:३८ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast