बिचौलियाको हस्तक्षेप अन्त्य गर्न केरा किसानले गराए सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ८ वैशाख २०८३ १६:०८ | Tuesday, April 21, 2026
10
SHARES
बिचौलियाको हस्तक्षेप अन्त्य गर्न केरा किसानले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ- नेपाल केरा उत्पादक महासंघले केराको बजारीकरणका क्रममा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै किसानले बारीबाट बेच्दा भन्दा बजारमा पाँच गुणासम्म महँगोमा केरा बिक्रीवितरण भइरहेको भन्दै बजारमा देखिएको बिचौलियाको अत्यधिक हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

किसानले बारीबाट स्थानीय जात (मालभोग) ७० देखि ८५ प्रति दर्जन र हाइब्रिड जातको ५० देखि ६० रूपैयाँ प्रतिदर्जनमा बिक्री गरिरहेको महासंघले जनाएको छ। तर त्यही केरा आम उपभोक्ताले ३५० देखि ४ सय रूपैयाँसम्ममा किन्नुपर्ने अवस्था बिचौलियाका कारणनै आएको महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताए।

उनले राज्यले तत्काल बजारमा हस्तक्षेप गरी अनावश्यकरूपमा भएको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा जोड दिए। त्यस्तै अध्यक्ष पन्तले केराको आयातमा नियन्त्रण गर्ने सरकारको कदम सराहनीय र प्रशंसनीय रहेकाले कुनै पनि बहानामा विदेशी केरा आयात खुलाउन नहुने धारणा राखे। उनले राज्यले सही नीति र प्रभावकारी बजार व्यवस्थापन गर्न सके आगामी दुई वर्षभित्र केरामा पूर्ण आत्मनिर्भर बन्न सकिने बताए।

उनले वार्षिक ९ लाख मेट्रिकटन केरा खपत हुने गरेकामा करिब ७ लाख मेट्रिक टन केरा उत्पादन भइरहेको जानकारी दिए। महासंघले बजार अनुगमन प्रभावकारी बनाउन, केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न समेत माग गरेको छ।

प्रकाशित: ८ वैशाख २०८३ १६:०८ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast