पाठ्यपुस्तक अनियमिततामाथि सरकारको कडाइ, स्वीकृत पाठ्यपुस्तक मात्रै प्रयोग गर्न निर्देशन

हिमाल प्रेस ८ वैशाख २०८३ ११:१० | Tuesday, April 21, 2026
26
SHARES
पाठ्यपुस्तक अनियमिततामाथि सरकारको कडाइ, स्वीकृत पाठ्यपुस्तक मात्रै प्रयोग गर्न निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहमा प्रयोग हुने पाठ्यपुस्तक तथा पाठ्यसामग्रीमा देखिएका अनियमितता नियन्त्रण गर्न स्थानीय तहलाई कडा अनुगमन गर्न निर्देशन दिएको छ।

केन्द्रका निर्देशक डा.श्यामप्रसाद आचार्यद्वारा जारी परिपत्रमा शैक्षिक सत्र २०८३ का लागि नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यक्रम विकास केन्द्रबाट अनुमोदित पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र विद्यालयमा लागू गर्नुपर्ने गरिएको छ।

पाठ्यपुस्तकको पृष्ठ संख्या र मूल्यसमेत निर्धारित मापदण्डअनुसार हुनुपर्ने व्यवस्था रहेको जनाइएको छ। केन्द्रका अनुसार केही प्रकाशन गृहले कानुन उल्लंघन गर्दै बढी मूल्य तोक्ने, न्यूनस्तरको कागज प्रयोग गर्ने, स्वीकृति नलिएका तथा मूल्य नतोकेका पाठ्यपुस्तक बिक्री गर्ने जस्ता गतिविधि गरेको गुनासो प्राप्त भएको छ।

त्यस्ता सामग्री विद्यालयले प्रयोग गर्न थालेको पनि जानकारीमा आएको छ। यसैगरी केही विद्यालयले आफैँले पोसाक, पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्ने कार्य गरेको भन्दै यसले अभिभावक र विद्यार्थीमाथि अतिरिक्त आर्थिक बोझ परेको केन्द्रको भनाइ छ।

केन्द्रले शिक्षा विकास तथा समन्वय एकाई र सबै स्थानीय तहलाई समन्वय गरी यस्ता गतिविधिमाथि अनुगमन तथा आवश्यक कारबाही गर्न निर्देशन दिएको छ।

गरिएको कारबाहीबारे जानकारी केन्द्रमा पठाउन पनि आग्रह गरिएको छ।

प्रकाशित: ८ वैशाख २०८३ ११:१० | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast