लेबीबापत कति रकम तिर्छन् रास्वपाका सांसद र मन्त्रीले?

हिमाल प्रेस ७ वैशाख २०८३ १७:४५ | Monday, April 20, 2026
20
SHARES
लेबीबापत कति रकम तिर्छन् रास्वपाका सांसद र मन्त्रीले?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ। निर्णयअनुसार सांसदहरूले पार्टीलाई मासिक १५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। यसैगरी रास्वपाबाट मन्त्री भएकाहरूले १८ हजार रुपैयाँ र स्वकीय सचिवको दुई हजार रुपैयाँ तोकिएको छ।

प्रतिनिधिसभामा रास्वपाका एक सय ८२ सांसद छन्। ती सांसदबाट प्रतिव्यक्ति १५ हजार रुपैयाँ लेबी उठाउँदा मासिक २७ लाख ३० हजार रुपैयाँ संकलन हुन्छ। त्यसैगरी एक वर्षमा तीन करोड २७ लाख ६० हजार र पाँच वर्षमा १६ करोड ३८ लाख रुपैयाँ संकलन हुनेछ।

अघिल्लो कार्यकाल सुरु हुनेबित्तिकै रास्वपाले प्रतिसांसद मासिक २५ हजार रुपैयाँ लेबीबापत उठाउने गरेको थियो। त्यतिबेला स्वकीय सचिवबाट पनि मासिक दुई हजार पाँच सय रुपैयाँ उठाउने गरिन्थ्यो। लेबी धेरै भयो भनेर छलफल भएपछि त्यसलाई परिमार्जन गरिएको थियो।

प्रकाशित: ७ वैशाख २०८३ १७:४५ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast